आज राति नेपाल टेलिकमका यी सेवा चार घण्टा प्रभावित हुन सक्ने
काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा प्रभावित हुने भएको छ ।
बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको हो ।
टेलिकमका अनुसार ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुनेछ । उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिनेछ ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२