जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल

भक्तपुर न्यूज

२८ माघ २०७४ ६:१६

जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल

जुम्ला २८ माघ । अस्पतालको अभाव र उपचारको लागि कष्ठ भोग्दै आएका जुम्लाबासीले अव यस्तो समस्यासँग जुध्नु नपर्ने भएको छ । प्रदेश नम्बर ६ को सबैभन्दा बढी शैया भएको अस्पताल जुम्लामा निमार्ण भएको छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खलंगामा बनाएको उक्त अस्पतालको उद्घाटन शेरबहादुर देउवाले गर्दै छन्। उक्त अस्पताल निमार्णका लागि ७६ करोड खर्च लागेको छ भने अस्पतालको निर्माण कार्य ३ वर्षअघि सुरु भएको थियो।

अस्पतालमा २३ विशेषज्ञ चिकित्सकसहित १६० जना कर्मचारी रहने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी गराइएको छ । आधुनिक प्रविधिसहित अस्पतालमा हाडजोर्नी, प्रसुति, बाल रोगका बिरामीको अहिले नै उपचार हुन्छ भने नाक, कान, घाँटी र मृर्गौलालगायत अन्य बिरामीको उपचार हुने सेवा पनि छिटै सुरु गर्ने तयारी तिब्र रुपमा अघि बढाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दियो ।

यसरी अस्पता सञ्चालनमा आएसँगै यस क्षेत्रमा एमबिबिएस पढाइ समते सुरु गर्ने तयारी भईरहेको छ । प्रतिष्ठानले अहिले एचए र स्टाफ नर्स पढाइरहेको छ भने नयाँ शैक्षिक सत्रदेखि ब्याचलर्स इन नर्सिङ र ब्याचलर्स इन पब्लिक हेल्थ पनि पढाउन सुरु गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *