अल्टिमाले ल्यायो एएनसीसहितको इयरबड्स बुम १८१

भक्तपुर न्यूज

९ पुष २०८१ १७:०९

अल्टिमाले ल्यायो एएनसीसहितको इयरबड्स बुम १८१

काठमाडौं । नेपाली अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्नो नयाँ वायरलेस इयरबड्स अल्टिमा बुम १८१ एएनसी सार्वजनिक गरेको छ । यो इयरबड्समा एक्टिभ नोइज क्यान्सलेसन (एएनसी), इमर्सिभ साउन्ड क्वालिटी, र पूरा दिनको ब्याट्री लाइफ जस्ता सुविधाहरू रहेको बताइएको छ ।

बुम १८१ एएनसीको मूल्य ३,९९९ रुपैयाँ राखिएको छ । यद्यपि सुरुवाति अफरको रूपमा २५ डिसेम्बरदेखि केवल १,९९९ रुपैयाँमा उपलब्ध हुनेछ । जसले यसलाई नेपालमा २,५०० रुपैयाँ मुनिको उत्कृष्ट इयरबड्स बनाउने दाबी कम्पनीले गरेको छ ।

आरामदायी अनि प्रिमियम डिजाइन

कम्पनीका अनुसार दिनभर प्रयोग गर्दा समेत आराम महसुस हुने गरी डिजाइन गरिएको बुम १८१ एएनसीले आईपीएक्स५ वाटर रेसिस्टेन्स मान्यता प्राप्त गरेको छ । चार्जिङ केसको साथ ४५ घण्टासम्मको कुल प्लेटाइम पाउन सकिने यो इयरबड्समा बुस्ट चार्जिङ प्रविधि समेत समावेश छ । १० मिनेटको फास्ट चार्जले १२० मिनेटको प्लेटाइम प्राप्त गर्न सकिने बताइएको छ ।

जुन यात्रामा रहेका प्रयोगकर्ताहरूको लागि उपयुक्त हुन सक्छ । ५०,०००+ हिन्ज फ्लिप टेस्ट मार्फत परीक्षण गरिएको दाबी गर्दै कम्पनीले बुम १८१ एएनसी इयरबड्स धेरै टिकाउ रहेको उल्लेख गरेको छ । ७०० भन्दा बढी चार्ज साइकल रहेको यो इयरबड्समा चार्ज तथा ब्याट्री हेल्थको चिन्ता लिनु पर्ने छैन ।

एक्टिभ नोइज क्यान्सलेसन (ANC)

अल्टिमा बुम १८१ एएनसीले सुनाईको राम्रो अनुभवका लागि अत्याधुनिक प्रविधिलाई उत्कृष्ट डिजाइनमा समायोजन गरिएको छ । ३२ डीबीसम्मको एक्टिभ नोइज क्यान्सलेसन (ANC) को साथमा यसले प्रयोगकर्तालाई आफ्नो मनपर्ने सङ्गीतको आनन्द लिन तथा महत्त्वपूर्ण कलहरू उठाउन, ध्यान भङ्ग नहुने गरी अडियो सुन्न मद्दत गर्दछ ।

अल्टिमा सुप्रिम साउन्ड

अल्टिमा बुम १८१ एएनसीमा अल्टिमा सुप्रिम साउन्ड प्रविधि समावेश गरिएको छ । जुन डुअल १३ एमएम हाई-फिडेलिटी ड्राइभरद्वारा सञ्चालित छ, जसले २० हर्जदेखि २० किलोहर्ज दायरामा गहिरो बेस प्रदान गर्दछ । बुम १८१ एएनसी क्वाड माइक र विकसित एएनसीले सुसज्जित छ, जसले व्यस्त वातावरणमा पनि ब्याकग्राउन्डमा भएको आवाज कम गरेर क्रिस्टल-क्लियर कल सुनिश्चित गर्ने दाबी गरिएको छ । ब्लुटुथ भी५.४ र स्विफ्ट पेयरले गर्दा यसलाई एन्ड्रोइड, आईओएस र विन्डोज डिभाइसहरूमा सहजै कनेक्ट गर्न सकिने बनाएको छ ।

अल्टिमा लिङ्क एपको सपोर्ट

अल्टिमा लाइफस्टाइलले आफ्नो बुम सिरिजमा आफ्नै एप अल्टिमा लिङ्क एप समेत ल्याएको छ । जसले गर्दा बुम १८१ एएनसीको सपोर्ट समेत उक्त एपमा पाउन सकिनेछ । अल्टिमा लिङ्क एप मार्फत विभिन्न ईक्यू मोडहरूको सहयोगमा आफ्नो सङ्गीत मिलाउन सकिन्छ ।

अल्टिमा लिङ्क एपले फाइन्ड माइ डिभाइस, ग्राहक सेवा, अल्टिमाका उत्पादनहरू उपलब्ध स्टोर लगायतका सुविधा समेत प्रदान गर्छ ।

उपलब्धता र मूल्य

अल्टिमा बुम १८१ एएनसी डिसेम्बर २५ देखि बजारमा उपलब्ध हुनेछ । कम्पनीको आधिकारिक वेबसाइट ultima.com.np, अल्टिमा पुल्चोक स्टोर, दराज, खल्ती, जिवी, हुकुट, ब्रदरमार्ट, नियो स्टोर, ईसेवा र देशभरका अन्य खुद्रा पसलहरूबाट यो इयरबड खरिद गर्न सकिनेछ । जसको सुरुवाति मूल्य हाललाई १,९९९ रुपैयाँ राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *