आउँदो २५ जनवरीमा आकाशमा एक अद्भुत खगोलीय दृश्य देख्न पाइने
काठमाडौं । आउँदो २५ जनवरीमा आकाशमा एक अद्भुत खगोलीय दृश्य देख्न पाइने भएको छ । यस दिन सौर्यमण्डलका अधिकांश ग्रहहरू एउटै रेखामा परेको दुर्लभ दृश्य नाङ्गो आँखाले नै अवलोकन गर्न सकिनेछ ।
खगोलविद्हरूका अनुसार बुध, शुक्र, मङ्गल, बृहस्पति र शनिलाई एकैसाथ आकाशको एउटै खण्डमा देख्न सकिनेछ । अरुण र बरुण ग्रह हेर्नका लागि भने उच्च क्षमताको टेलिस्कोप आवश्यक पर्नेछ । ग्रहहरू पूर्ण रूपमा एउटै सिधा रेखामा नदेखिए पनि आकाशमा एकैसाथ झुन्डिएका मणि जस्तै देखिनेछन् ।
यस्तो खगोलीय घटना निकै दुर्लभ हुन्छ । किनभने प्रत्येक ग्रहको आफ्नै गति र कक्ष हुन्छ । पाँच वा सोभन्दा बढी ग्रहहरू एकैसाथ एउटै रेखामा देखिनु अझै दुर्लभ घटना हो । विज्ञहरूका अनुसार २५ जनवरीमा सूर्यास्तपछि पूर्वी आकाशतिर हेरेर यो अद्भुत दृश्यलाई सजिलै अवलोकन गर्न सकिनेछ । शुक्र र बृहस्पति सबैभन्दा चम्किलो देखिनेछन् भने मङ्गलको रातो रंगले आकाशलाई अझै आकर्षक बनाउनेछ ।