गाजामा राहत वितरणका क्रममा प्यालेस्टाइनीमाथि गोली चलाएको गम्भीर आरोप
गाजा । गाजामा राहत वितरणमा खटिएका इजरायली र अमेरिकी संस्थासँग आबद्ध सुरक्षा ठेकेदारहरूले आफ्नै पक्षमाथि गम्भीर आरोप लगाएका छन्। बिबिसीसँगको कुराकानीमा ती पूर्व सुरक्षा कर्मीहरूले राहत लिन आएका भोका प्यालेस्टाइनी नागरिकमाथि बारम्बार गोली चलाइएको बताएका हुन्।
उनका अनुसार एक पटक त विस्तारै हिँडिरहेका मानिसमाथि पनि सुरक्षा निकायले गोली चलाएको थियो।
तर, गाजा ह्युमनिटेरियन फाउन्डेसन (GHF) ले भने यी सबै आरोप अस्वीकार गरेको छ। फाउन्डेसनका अनुसार राहत वितरणका बेलामा स्थानमा भीड धेरै भएको र आगो लागेको अवस्थामा पनि मानिसहरू त्यहीँ राहत लिन आउने गरेका थिए।
इजरायलले ११ सातासम्म राहत वितरण रोक लगाएपछि GHF ले मे महिनाको अन्त्यदेखि पुनः वितरण सुरु गरेको थियो। त्यसपछि मानिसहरू इजरायली सेनाको उपस्थितिमै राहत लिन पुग्न थालेका थिए।
संयुक्त राष्ट्रसंघ र चिकित्सकहरूले दिएका विवरणअनुसार, राहत लिन जाने क्रममा करिब ४०० जना प्यालेस्टाइनी मारिएका छन्।
यस घटनाले गाजामा जारी मानवीय संकट र राहत कार्यको सुरक्षा अवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ।