अमेरिकामा पुन: चल्यो टिकटक
काठमाडौं । टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि, टिकटकले अमेरिकामा आफ्नो सेवाहरू पुनः सुरु गरेको हो । ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि टिकटकलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो ।
टिकटकले अमेरिकामा जनवरी १९ मा प्रतिबन्धमा पर्नु अघि आफ्नो गतिविधि बन्द गरेको थियो । ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने बताएका छन् ।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो । यसपछि अमेरिकामा प्रतिबन्ध लागु हुनुभन्दा केही घण्टा अघि टिकटकले आफ्नो सेवा बन्द गरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४