आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
काठमाडौं । आज बुधबार बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन तोलामा १५ सय रुपैयाँले घटेर प्रति तोला एक लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। हिजो मंगलबार सुन तोलाको एक लाख ९३ हजार ५ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदी प्रति तोलामा ४० रुपैयाँले घटेर प्रति तोला २१ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो मंगलबार चाँदी प्रति तोलाको २१ सय ६० रुपैयाँ थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३