आज राति नेपाल टेलिकमका यी सेवा चार घण्टा प्रभावित हुन सक्ने
काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा प्रभावित हुने भएको छ ।
बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको हो ।
टेलिकमका अनुसार ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुनेछ । उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिनेछ ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
