भक्सवागनले चीनको सिन्जियाङ प्रान्तमा सञ्चालित कारखाना बन्द गर्ने निर्णय

भक्तपुर न्यूज

१७ पुष २०८१ १२:५१

भक्सवागनले चीनको सिन्जियाङ प्रान्तमा सञ्चालित कारखाना बन्द गर्ने निर्णय

काठमाडौं । जर्मन कार निर्माता कम्पनी भक्सवागनले चीनको सिन्जियाङ प्रान्तमा सञ्चालित कारखाना बन्द गर्ने निर्णय गरेको छ ।

भक्सवागनको निर्णयअनुसार सिन्जियाङको राजधानी उरुम्चीमा रहेको कारखाना र टुरपानमा रहेको परीक्षण केन्द्र बन्द गरिनेछ । युरोपियन टाइम्सका अनुसार चीन भक्सवागनको सबैभन्दा ठूलो बजार हो ।

अब भक्सवागनका ती कारखाना र परीक्षण केन्द्र साङ्घाईलिङ्गाङ डेभलपमेन्ट ग्रुपले खरिद गर्ने जनाइएको छ । आर्थिककारणले यस्तो निर्णय लिनु परेको दाबी गरिए पनि सिन्जियाङमा भइरहेको भनिएको मानव अधिकार उल्लङ्घनका घटनाले फकस्वागनलाई यस्तो निर्णय लिन प्रेरित गरेको विश्लेषण गरिएको छ ।

हालै युरोपले चीनमा निर्माण भएका विद्युतीय सवारीमाथिको भन्सार महशुल ह्वात्तै बढाएको छ । चीन र युरोपेली युनियन (ईयू)बीच व्यापारिक तनाव बढिरहेका बेला भक्सवागनको यस्तो निर्णयलाई निकै चासो पूर्वक हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *