मस्कले ४० प्रतिशतले बढाए एक्सको प्रिमियम प्लस सब्स्क्रिप्सनको शुल्क

भक्तपुर न्यूज

१० पुष २०८१ १३:४५

मस्कले ४० प्रतिशतले बढाए एक्सको प्रिमियम प्लस सब्स्क्रिप्सनको शुल्क

काठमाडौं । सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर)ले प्रिमियम प्सल सब्स्क्रिप्सनको मूल्य अप्रत्यासित रूपमा बढाएको छ । कम्पनीले २१ डिसेम्बरदेखि प्रिमियम प्लसको शुल्क लगभग ४० प्रतिशतले बढाएको हो ।

अमेरिकामा यसअघि मासिक शुल्क १६ डलर रहेकोमा अब २२ डलर पुगेको छ । अर्थात् यसअघि वार्षिक १६८ डलर तिर्ने प्रयोगकर्ताले अब २२९ डलर तिर्नुपर्नेछ । त्यस्तै फ्रान्स, जर्मनी, स्पेन लगायतका युरोपेली देशमा पनि शुल्क बढाइएको छ । क्यानडा ($२०), अस्ट्रेलिया ($२६) र बेलायत ($२०)मा पहिले नै यसको शुल्क लगभग २० अमेरिकी डलरभन्दा बढी थियो । ती देशमा यसको शुल्क क्रमशः २६, ३५ र २१ डलर पुर्‍याइएको छ ।

यो शुल्क नयाँ प्रयोगकर्ताका लागि लागू हुने बताइएको छ । एक्सको आधारभूत शुल्क भने यथावत् रहेको छ । एलन मस्कले २०२२ मा यो प्लेटफर्म खरिद गरेपछि अमेरिकी ग्राहकहरूको सदस्यता शुल्कमा अहिलेसम्मकै ठूलो वृद्धि भएको हो । शुल्क वृद्धि उचित ठहर्‍याउन विभिन्न कारण प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार प्रिमियम प्लस अब पूर्ण रूपमा विज्ञापनरहित बनाइएको छ । जसलाई हालको प्रयोगकर्ता अनुभवको लागि ‘महत्त्वपूर्ण सुधार’ भनिएको छ ।

यस प्लेटफर्मले अक्टोबरमा एक्स रेभिन्यु शेयरिङ प्रोग्राम आयोजना गरेको थियो । त्यस क्रममा एक्सको सब्स्क्रिप्सन लिने प्रयोगकर्ताले विज्ञापन हेर्नु नपर्ने उल्लेख गरिएको थियो । त्यस्तै शुल्क तिर्ने प्रयोगकर्ताले स्तरीय कन्टेन्ट हेर्न पाउने बताइएको थियो । यसबाट आउने रकम क्रियटरलाई पनि उपलब्ध गराउने कम्पनीको योजना थियो ।

प्रिमियम प्लस सदस्यले थप विशेषता पाउँछन् । खासगरी सपोर्ट सेन्टरको एक्सेस अरूभन्दा छिटो पाउँछन् । त्यसबाहेक एक्स प्रिमियम प्लसका ग्राहकले ग्रोक च्याटबटका फिचर पनि प्रयोग गर्न पाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *