अमेरिकामा बन्द भयो टिकटक

भक्तपुर न्यूज

६ माघ २०८१ ११:५१

अमेरिकामा बन्द भयो टिकटक

काठमाडौं । संयुक्त राज्य अमेरिकामा टिकटक बन्द भएको छ । आज आइतबार बिहानदेखि अमेरिकाभरि टिकटक बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी प्रयोगकर्ताहरूले एप खोल्दा ‘माफ गर्नुहोला, अहिलेलाई टिकटक उपलब्ध छैन’ लेखिएको सूचनाको स्क्रिनसट सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् । गुगल र एप्पल दुवै एपस्टोरहरूबाट टिकटक गायब भएको छ ।

सर्वोच्च अदालतले शुक्रबार मात्रै चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बिक्री गर्न वा आगामी आइतबारदेखि देशभर प्रतिबन्ध सामना गर्न सरकारले दिएको अल्टिमेटम सही भएको फैसला गरेको थियो । योसँगै बाइटडान्सले अमेरिकामा १७ करोड प्रयोगकर्ता रहेको टिकटकको सञ्चालन अहिलेलाई बन्द गरिदिएको हो ।

सोमबारबाट राष्ट्रपतिका रूपमा दोस्रो कार्याकाल सुरु गर्न लागेका डोनाल्ड ट्रम्पले भने टिकटकका लागि ९० दिनको थप समय दिनेबारे घोषणा गर्न सक्ने अनुमान गरिएको छ । टिकटककै सूचनामा पनि ट्र्म्पले ह्वाइट हाउस प्रवेश गरेपश्चात यस विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *