रियलमीमा १२ महिनाको ईएमाआई अफर, ४० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज दर

भक्तपुर न्यूज

२० असोज २०८१ ७:५४

रियलमीमा १२ महिनाको ईएमाआई अफर, ४० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज दर

काठमाडौैं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा ल्याएको छ । कम्पनीले नेपाली ग्राहकलाई सुपथ मूल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो ।

यस अफर अन्तर्गत रियलमीका फोनहरूका लागि शून्य प्रतिशत ब्याजदरमा १२ महिनासम्मको किस्ताबन्दी अर्थात् ईएमआई उपलब्ध रहेको छ । ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउन शून्य ब्याजदरमा किस्ताबन्दीको सुविधा ल्याइएको रियलमीका हेड अफ स्ट्राटेजी मुनिश गिरीले बताए ।

यो अफर घटस्थापनादेखि नेपालभरका आधिकारिक रियलमी डिलरहरूमा लागु भएको छ । यस अफर अन्तर्गत रियलमीका २० हजारभन्दा माथिका फोनहरूमा ४० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकमका लागि शून्य ब्याजदरमा १२ महिनासम्मको ईएमआई उपलब्ध गराइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *