विपद्को समयमा एनसेलको निःशुल्क डेटा 

भक्तपुर न्यूज

१३ असोज २०८१ ६:२२

विपद्को समयमा एनसेलको निःशुल्क डेटा 

काठमाडौं । विपद्को समयमा मानिसहरू परिवार तथा आफन्तसँग सम्पर्कमा रहिरहन एनसेलले निःशुल्क डेटा उपलब्ध गराएको छ । सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता यस बेला बढी रहेको भन्दै एनसेलले आफ्नो सेवा निःशुल्क उपलब्ध गराएको हो ।

भारी वर्षाका कारण सृजना भएको कठिन परिस्थितिलाई ध्यानमा राख्दै, एनसेलले शनिबार (असोज १२, २०८१) बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइरहेको छ ।

निःशुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *