एआई प्रविधिको ‘कोपाइलट’ च्याटबट भएको एसरको नयाँ ल्यापटप सार्वजनिक

भक्तपुर न्यूज

१० असोज २०८१ ७:५३

एआई प्रविधिको ‘कोपाइलट’ च्याटबट भएको एसरको नयाँ ल्यापटप सार्वजनिक

काठमाडौं । नेपालका लागि एसर ल्यापटपको आधिकारिक बिक्रेता मर्केन्टाइल अफिस सिस्टमले माइक्रोसफ्टको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको ‘कोपाइलट’ च्याटबट भएको नयाँ ल्यापटप सार्वजनिक गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै एआईमा आधारित एसरको ल्यापटप उक्त कम्पनीले सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै मर्केन्टाइल अफिस सिस्टमका प्रमुख कार्यकारी अधिकृत नविन जोशीले एसरको ‘कोपाइलट प्लस ल्यापटप’ आम नेपाली ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।

च्याटबट पनि समावेश भएको यो ल्यापटप मार्फत ‘एआई’ प्रयोग गर्दा प्रयोगकर्ताहरूले विशेष फाइदा लिन सक्ने बताइएको छ । एसरको एशिया प्रशान्त क्षेत्रकी प्रमुख लिसीले ‘एआइ’ प्रयोग गरेर काम गर्ने शैली बढ्दै जाँदा यो एआई ल्यापटपले व्यवसायिक र गैरव्यवसायिक प्रयोगकर्ताहरूको लागि बहुउपयोगी हुने बताइन् ।

यसैगरी एसरका प्रडक्ट स्पेशलिष्ट अल्फ्रेड सोहले ‘एआई’मा आधारित एसर ल्यापटपले प्रयोगकर्ताहरूको जीवन शैलिमासमेत परिवर्तन ल्याउन सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *