प्राधिकरणले प्रतिबन्ध हटाएसँगै चल्न थाल्यो टिकटक
काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाएसँगै उक्त सामाजिक सञ्जाल चल्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गरेलगतै नेपाल टेलिकमले टिकटकको प्रयोग र पहुँचमा लगाइएको प्रतिबन्ध हटाएको छ ।
प्रतिबन्ध हटेसँगै टिकटक निर्वाधरूपमा चल्न थालेको टेलिकमले जनाएको छ । सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक उक्त एप सञ्चालनमा रोक लगाएको थियो ।
तर २०८१ भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिबन्ध फुकुवा गरेको थियो । टिकटकको पहुँचमा लगाइएको रोक हटेसँगै अब टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५