आईफोन १६ सिरिजको निर्माणको लागि किन भारतबाट फेरि चीन फर्कियो एप्पल?
काठमाडौं । एप्पलले यसअघि आइफोन उत्पादनका लागि आफ्नो ध्यान चीनबाट भारतमा सारेको थियो।
ब्लूमबर्गको रिपोर्टका अनुसार कम्पनीले गत आर्थिक वर्षमा भारतमा १४ अर्ब अमेरिकी डलर बराबरको आइफोन उत्पादन गरेको उल्लेख छ। यद्यपि पछिल्लो रिपोर्टले भने एप्पलले आईफोन १६ सिरिजको निर्माणको लागि आफ्नो ध्यान चीनमा फर्काएको दावी गरेको छ।
एप्पलले आईफोनहरू उत्पादन गर्नको लागि फक्सकन सँग काम गर्दछ। फक्सकनले अब चीनमा रहेको आफ्नो एउटा कारखानामा ठूलो मात्रामा कर्मचारी भर्ती सुरु गरेको जनाइएको छ जसले देशमा फक्सकन फिर्ता भएकोबारे उद्योगको ध्यान तानेको उल्लेख गरिएको छ। साथै कम्पनीले झेङझाउ (चीनको एउटा सहर) मा १ अर्ब युआन (लगभग १४ करोड अमेरिकी डलर) लगानी गर्ने योजना पनि बनाएको उल्लेख गरिएको छ।
यद्यपि फक्सकनको चीन फिर्ता आउनुको कारण आकस्मिक भने नभएको भनिएको छ। एप्पलको यस परिवर्तनले गर्दा अधिक दक्ष कामदारहरू, राम्रो आपूर्ति श्रृंखला, र समग्र पूर्वाधार जस्ता उत्पादनमा धेरै फाइदाहरू प्रदान गर्ने भएकाले उसले उपज दरमा थप सुधार गर्ने उल्लेख गरिएको छ। साथै भारतमा एसेम्बल गरिएको आईफोन १५ सिरिजको लगभग ५० प्रतिशतको उपज दर रहेको रिपोर्ट गरिएको छ।
आपूर्ति श्रृंखलाको कुरा गर्दा एप्पलले अझै पनि भारत र भियतनाममा आफ्ना उत्पादनका लागि चीनबाट पार्टपुर्जा आयात गर्नुपरेको उल्लेख गरिएको छ। साथै उच्च यातायात लागतले आईफोनको समग्र उत्पादन लागत बढाउने थप उल्लेख गरिएको छ।त्यसैगरी चीनको तुलनामा भारत र भियतनाममा विद्युत आपूर्तिको पूर्वाधार पनि अपेक्षाकृत कमजोर रहेको जनाइएको छ। फलस्वरूप, कारखानाहरूले प्रायः विद्युत कटौतीको सामना गर्नुपर्ने भएकाले उत्पादन क्षमता र दक्षतामा बाधा पुर्याउने उल्लखे गरिएको छ।
चाइनिज एकेडेमी अफ सोसल साइन्सेजको इन्स्टिच्युट अफ एसिया प्यासिफिक एन्ड ग्लोबल स्ट्राटेजीको दक्षिण एसिया अनुसन्धान केन्द्रका उपनिर्देशकका रूपमा लिउ सियाओउले ‘चीनसँग एक पूर्ण औद्योगिक श्रृङ्खला र समर्थन प्रणाली छ, उच्च गुणस्तरको कार्यबल र उत्तम पूर्वाधार, स्थिर बिजुली आपूर्ति सहित, विश्वव्यापी बहुराष्ट्रिय कम्पनीहरूको लागि परिपक्व उत्पादन आधार प्रदान गर्दछ’ भनि बताएको गीज्मोचाइनाले उल्लेख गरेको छ।