आजदेखि टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने तयारी

भक्तपुर न्यूज

६ भदौ २०८१ ४:४६

आजदेखि टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने तयारी

काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध आजदेखि हटाउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिवन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा प्रस्ताव पठाइसकेको छ भने आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने स्रोतको भनाइ छ ।

आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिवन्धित भएको टिकटक सहजै चलाउन पाइने छ । गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । टिकटकमाथिको प्रतिवन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमा समेत व्याख्या गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *