अब गुगल क्रोममा सर्च गरेको कुरा एआईले खोज्न सजिलो बनाइदिने

भक्तपुर न्यूज

१८ साउन २०८१ १२:१५

अब गुगल क्रोममा सर्च गरेको कुरा एआईले खोज्न सजिलो बनाइदिने

काठमाडौं । गुगल क्रोममा अब तपाईंले सर्च गरेको कुरा एआईले खोज्न सजिलो बनाइदिने भएको छ । गुगल क्रोमले आफ्नो सर्च हिस्ट्रीमा भएका जानकारीहरू पुनः फेला पार्नको लागि जेमिनाई एआईमा आधारित नयाँ टुल प्रयोग गर्ने छ ।

गुगलको ब्लग पोस्ट अनुसार अहिलेको क्रोम हिस्ट्रीले पहिले हेरेका साइटहरू पुनः हेर्न सहयोग गरे पनि त्यही साइट पुनः खोज्न म्यानुअली नै गर्नुपर्ने हुन्छ । अब भने, तपाईंले कुराकानीको शैलीमा आफ्ना ब्राउजिङ हिस्ट्री खोज्न सक्नुहुनेछ ।

उदाहरणका लागि,’मैले गत हप्ता हेरेको कलेजको साइट के थियो?’ भनेर सोध्दा एआईले सम्बन्धित पेज देखाइदिने छ । यो फिचर वैकल्पिक हुनेछ र प्रयोगकर्ताले यसलाई अन/अफ गर्न सक्नेछन् । इन्कग्निटो मोडमा सर्च गरेको कुरा भने यसले पुनः देखाउन सक्दैन ।

यसका साथै, गुगलले ‘सर्कल टू सर्च’ फिचर पनि डेस्कटप भर्सनमा उपलब्ध गराउने भएको छ, जसले गुगल लेन्सको सहायताले कुनै पनि वस्तुलाई सजिलै सर्च गर्नेछ । सुरुवाती चरणमा यी फिचरहरू अमेरिकामा मात्र उपलब्ध हुने गुगलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *