२३ अर्ब डलर खर्चेर स्टार्ट अप कम्पनी ‘विज’ किन्दै गुगल

भक्तपुर न्यूज

१ साउन २०८१ ६:००

२३ अर्ब डलर खर्चेर स्टार्ट अप कम्पनी ‘विज’ किन्दै गुगल

काठमाडौं । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले साइबर सुरक्षा स्टार्ट अप कम्पनी ‘विज’ किन्ने भएको छ । विज किन्नका लागि गुगलको मातृ कम्पनी अल्फाबेट र विजबीच छलफल भइरहेको यस मामिलाबारे जानकार स्रोतलाई उदृत गर्दै सीएनएनले समाचार छापेको छ । समाचारका अनुसार यसका लागि गुगल २३ अर्ब डलर भुक्तानी गर्न राजी भएको छ ।

विजले क्लाउड कम्प्युटिङका लागि साइबर सुरक्षा सफ्टवेयर बनाउँदै आएको छ । यो गुगलको अहिलेसम्मकै सबैभन्दा ठुलो एक्विजशन हुने बताइएको छ । यो वर्षको सुरुमा विजले भेञ्चर क्यापिटल लगानीकर्ताहरूबाट १ अर्ब डलर उठाएपछि गुगल र कम्पनीबीच एक्विजशनबारे छलफल सुरु भएको थियो ।

अहिलेसम्म एक्विजिशनका सर्तहरू निर्धारण भइसकेका छैनन् । वार्ता बिचमै रहेकोले यो असफल पनि हुन सक्ने बताइएको छ । यस खबरबारे गुगल र विज दुबै पक्षले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । गुगलको अहिलेसम्मको सबैभन्दा ठुलो एक्विजिशन मोटोरोला हो ।

एक दशकअघि कम्पनीले साढे १२ अर्ब डलर हालेर मोबाइल बनाउने कम्पनी मोटोरोला किनेको थियो । तर ठुलो क्षति बेहोरेपछि २ वर्षमै गुगलले मोटोरोला बेचिदियो । हालैका वर्षमा क्लाउड सेवाको प्रयोग व्यापक भइरहेको छ । यस्तोमा यसको सुरक्षा कम्पनीका लागि सबैभन्दा मुख्य चिन्ता बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *