पब्जी मोबाइल सुपर लिगको आधिकारिक फोन ‘इन्फिनिक्स जीटी-२० प्रो’ नेपाल भित्रिँदै

भक्तपुर न्यूज

३२ जेठ २०८१ ६:५६

पब्जी मोबाइल सुपर लिगको आधिकारिक फोन ‘इन्फिनिक्स जीटी-२० प्रो’ नेपाल भित्रिँदै

काठमाडौं । डुअल चिप्स सहितको पहिलो फ्ल्यागसिप ईस्पोर्ट्स स्तरको मोबाइल फोन इन्फिनिक्स जीटी-२० प्रो नेपालमा चाँडै भित्रिने भएको छ । युवा पुस्ता लक्षित यो फोन विश्व बजारमा भने सार्वजनिक भइसकेको छ ।

दक्षिण एसिया क्षेत्रमा प्रतिष्ठित पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) का लागि आधिकारिक गेमिङ फोनको रूपमा इन्फिनिक्स जीटी २० प्रो रहेको कम्पनीको भनाइ छ । लाइभ प्रतियोगिता २२ मेदेखि १५ जुनसम्म काठमाडौंमा हुँदैछ ।

इन्फिनिक्सले मोबाइल गेमरहरूलाई अतुलनीय गेमिङ अनुभवका लागि आवश्यक उपकरणहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । पीएमएसएल, ईएमईए र सीएसएको हालको सिजनले विश्वव्यापी गेमरहरूको ध्यान खिचेको इन्फिनिक्सको उत्पादन प्रमुख वेकी नाइको भनाइ छ ।

इन्फिनिक्स जीटी २० प्रो को असाधारण प्रदर्शनले खेलाडीहरूलाई नयाँ उचाइमा पुर्‍याएको कम्पनीले जनाएको छ । इन्फिनिक्स जीटी २० प्रो १२० एफपीएसमा पब्जी मोबाइललाई समर्थन गर्ने विश्वभरका स्मार्टफोनहरूमध्ये एक भएको कम्पनीको दाबी छ ।

इन्फिनिक्स जीटी २० प्रो पब्जी मोबाइल संस्करणलाई पीएमएसएल, ईएमईए र सीएसएका लागि आधिकारिक गेमिङ फोनको रूपमा तोकिएको छ । यो आधिकारिक मान्यता प्राप्त गर्नुअघि इन्फिनिक्सले इन्फिनिक्स जीटी २० प्रोमा तीन चरणमा परीक्षणहरू सञ्चालन गरिएको थियो ।

यो इन्फिनिक्सबाट पहिलो आईआरएक्स प्रमाणित स्मार्टफोन हो, जसले खेलाडीहरूलाई थप इमर्सिभ गेमिङ अनुभवको ग्यारेन्टी दिन्छ। कम्पनीका अनुसार व्यावसायिक गेमिङका लागि डिजाइन गरिएको इन्फिनिक्स जीटी २० प्रोले बेजेल-लेस १४४ हर्ज एफएचडी प्लस अमोल्ड डिस्प्ले र जीबीएलद्वारा ध्वनि सहितको डुअल स्पिकरहरू प्रदान गर्दछ, जसले गेमरहरूलाई इमर्सिभ अडियो भिजुअल अनुभव प्रदान गर्दछ ।

क्लिन एन्ड पियोर ओएस २.० सँग फोनले अनावश्यक सफ्टवेयरबाट मुक्त गरी गेमिङ वातावरण प्रदान गर्दछ । हाइपर चार्ज मोड, ५००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङ यो फोनको अर्को महत्त्वपूर्ण विशेषता हो ।

कम्पनीका अनुसार इन्फिनिक्स जीटी १० प्रोबाट सुरु भएको र इन्फिनिक्स जीटी २० प्रो मार्फत विकसित हुँदै दैनिक जीवनमा गेमिङको शक्तिलाई एकीकृत गर्ने दृष्टिकोणबाट ईस्पोर्टमा इन्फिनिक्सले ध्यान केन्द्रित गरेको छ । १२+२५६ जीबी र ८+२५६ जीबी मेमोरी रहने इन्फिनिक्स जीटी २० प्रो मेका ब्लु, मेचा ओरेन्ज र मेचा सिल्भर जस्ता आकर्षक रंगहरूमा उपलब्ध छन् ।

प्रकाशित मितिः २०८१ जेठ ३२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय