१२ कक्षाको परीक्षा दिएका विद्यार्थीलाई नि:शुल्क वेब डेभलपर कोर्स

भक्तपुर न्यूज

१० जेठ २०८१ ८:२५

१२ कक्षाको परीक्षा दिएका विद्यार्थीलाई नि:शुल्क वेब डेभलपर कोर्स

काठमाडौं । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी नि:शुल्क ‘फुलस्ट्याक’ कोर्स सञ्चालन हुने भएको छ । विद्यार्थीहरूको सूचना प्रविधि (आईटी) सम्बन्धी क्षमता विस्तार गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।

कक्षा १२ को परीक्षा दिएका जुनसुकै सङ्कायका विद्यार्थी उक्त कोर्समा सहभागी हुन सक्ने आयोजकले जनाएको छ । उक्त कोर्समा सहभागी हुने विद्यार्थीले वेब डेभलपमेन्ट, इन्टर्‍याक्टिभ वेब पेज निर्माण, पीएचपी, जेक्वेरी लगायतका विषयमा जानकारी तथा सीप विकास गर्ने अवसर पाउनेछन् ।

यो कोर्स हप्ताको तीन दिन अर्थात् शुक्रबार, शनिबार र आइतबार बेलुका सञ्चालन हुनेछ । तीन सातासम्म सञ्चालन हुने यो तालिम कार्यक्रम अनलाइन मिटिङ प्लेटफर्म जुममा सञ्चालन हुनेछ ।

यो निःशुल्क वेब डेभलपमेन्ट कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले अनलाइनमार्फत नै लागि आफूलाई दर्ता गराउन सक्नेछन । दर्ताका लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ ।

दर्ता भएका विद्यार्थीले मात्र उक्त कार्यक्रममा सहभागी हुन पाउनेछन् । विद्यार्थीमा आईटी सम्बन्धी सीप विस्तारको कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित सञ्चालनमा आएको द बाइटब्रेन्सले निःशुल्क कोर्स उपलब्ध गराउन लागेको हो ।

प्रकाशित मितिः २०८१ जेठ १० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *