प्राधिकरणले फ्रिक्वेन्सी तय गरिदिए तत्कालै फाइभजी सञ्चालनमा ल्याउने : नेपाल टेलिकम

भक्तपुर न्यूज

४ जेठ २०८१ ११:४५

प्राधिकरणले फ्रिक्वेन्सी तय गरिदिए तत्कालै फाइभजी सञ्चालनमा ल्याउने : नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी तय गरिदिए तत्कालै फाइभजी सञ्चालनमा ल्याउन तयार भएको बताएकी छिन् । शुक्रवार विश्व दूरसञ्चार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै पहाडीले व्यावसायिक रूपमा फाइभजी सेवा दिन आफूहरू तयार भएको दाबी गरेकी हुन् ।

प्राधिकरणले ​फाइभजी सेवा परीक्षणका लागि टेलिकमलाई २६ सय ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले बबरमहल, सुन्धारा, पोखरा, वीरगन्ज लगायतमा फाइभजी उपकरणहरू जडान गरी परीक्षण कार्य पूरा गरेको छ । व्यावसायिक रूपमा यसको सुरुवातका लागि भने पर्याप्त अध्ययन तथा संयन्त्र तयार भएको देखिँदैन ।

फाइभजी विस्तारका लागि टेलिकमले अन्य देशको अभ्यासलाई पनि अध्ययन गरिरहेको प्रबन्ध निर्देशक पहाडीले सुनाइन् । “हामीले फाइभजी प्रयोग गरिरहेको छिमेकी देश भारतलाई अवलोकन गरिरहेका छौं । त्यसबाट के पायौं भने त्यहाँको बजारमा फाइभजी आर्थिक र सामाजिक रूपमा परिपक्व भइसकेको छैन । युरोप र अन्य विकसित देशमा यसको प्रभाव फरक छ ।”​

फाइभजी विस्तार र देशको पूर्वाधारको विकास समानान्तर रूपमा जानुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित मितिः २०८१ जेठ ०४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *