माइडिया ब्रान्डका साइड वाई साइड र मल्टी डोर रेफ्रिजेरेटर नेपाली बजारमा

भक्तपुर न्यूज

२५ वैशाख २०८१ ६:२४

माइडिया ब्रान्डका साइड वाई साइड र मल्टी डोर रेफ्रिजेरेटर नेपाली बजारमा

काठमाडौं । माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ। नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ।

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा MSmartHome एप मार्फत WiFi कनेक्टिविटी मार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ, अफिस या घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनिले बताएको छ।

इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया वाईफाई रेफ्रिजेरेटरले उर्जाको सहि उपयोग र बिजुलीको लागत घटाउँदै तपाईंको खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *