थ्रीजी बन्द गरी फाइभजी सेवा विस्तार गर्दै अमेरिका

भक्तपुर न्यूज

२० माघ २०७८ १०:०६

थ्रीजी बन्द गरी फाइभजी सेवा विस्तार गर्दै अमेरिका

काठमाडौं । प्रविधिको विकाससँगै दूरसञ्चार क्षेत्रमा पनि आमुल परिवर्तन आएको छ । कुनै समय टुजीबाट सुरु भएको दूरसञ्चार सेवा विस्तारै थ्रीजी, फोरजी हुँदै फाइभजीमा आइपुगेको छ । सँगै सीक्सजीको चर्चा पनि चलिरहेको छ ।

यसैक्रममा अमेरिकी दूरसञ्चार कम्पनीले फाइभजी विस्तारका लागि पुरानो प्रविधि थ्रीजीलाई पाखा लगाउने भएका छन् । ती कम्पनीले थ्रीजीलाई विस्थापित गर्दै त्यसमा प्रयोग भएको फ्रिक्वेन्सी फाइभजी विस्तारमा प्रयोगमा ल्याउने भएका हुन् ।

कुनै समय मोबाइल इन्टरनेटमा आमुल परिवर्तन ल्याएको थ्रीजीको स्थान पछिलो प्रविधि फोरजी र फाइभजीले लिएसँगै भरिजन, एटी एण्ड टी, टी(मोबाइलले थ्रीजीलाई विस्थापित गर्न लागेका छन् ।

उनीहरुले पुरानो प्रविधिमा थप लगानी गुर्नको साटो नयाँ प्रविधि फाइभजीमा लगानी बढाउने तयारी गरेका हुन् । कम्पनीहरुका अनुसार थ्रीजी सेवाका प्रयोगकर्ता निरन्तर घट्दो क्रममा छन् ।

प्रयोगकर्ता घट्दै गर्दा थ्रीजीलाई निरन्तरता दिनुको सट्टा यसमा प्रयोग भइरहेको फ्रिक्वेन्सी तथा पूर्वाधार फाइभजीमा प्रयोग गर्ने तयारी भइरहेको कम्पनीहरुले जनाएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ माघ २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय