सामसङले ७ हजार एमएएच ब्याट्री भएको स्मार्टफोन ल्याउँदै

भक्तपुर न्यूज

२१ कार्तिक २०७७ ८:१०

सामसङले ७ हजार एमएएच ब्याट्री भएको स्मार्टफोन ल्याउँदै

काठमाडौं । कोरियन कम्पनी सामसङले ७००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री भएको स्मार्टफोन ल्याउने तयारी थालेको छ । जसलाई सामसङ ग्यालेक्सी वा ग्यालेक्सी एम ट्वेल्भको नामबाट सार्वजनिक गरिने बताइएको छ ।

नाइन्टी वान मोबाइलको रिपोर्ट अनुसार सामसङको नयाँ फोनसँग जोडिएको फोटो लिक भएको छ । जसमा एम १२७ एफरएफ१२७ जी मोडल नम्बर देखिएको देखिएको छ ।यो डिभाइस सामसङ ग्यालेक्सी एफ ट्वेल्भ वा ग्यालेक्सी एम ट्वेल्भ हुन सक्छ । यो रिपोर्टमै फोनमा ७००० एमएएच क्षमताको ब्याट्री हुनसक्ने बताइएको छ ।

यो फोनको पछाडि भागमा क्वाड क्यामेरा सेटअप मोड्युल (चार वटा क्यामेरा भएको) देखिन्छ । अन्य फिचरको कुरा गर्दा कम्पनीको यो फोनमा एक्सनस ९६११ अक्टा कोर प्रोसेसरका साथ कनेक्टिभिटीका लागि ब्लुटुथ, वाईफाई, ३.५ एमएम हेडफोन ज्याक र यूएसबी पोर्ट जस्ता फिचर हुनेछन् ।

यो फोनको मूल्य करिब २१ हजार रुपैयाँ हुनसक्ने अनुमान छ । यद्यपि कम्पनीको तर्फबाट अहिलेसम्म आधिकारिक रुपमा यसको सार्वजनिक हुने मिति, मूल्य र फिचर आदि विषयमा कुनै जानकारी भने दिएको छैन । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *