एन्ड्रोइड र आइओएस एपमा डार्क मोड फिचर परीक्षण गर्दैं फेसबुक

भक्तपुर न्यूज

१८ कार्तिक २०७७ ८:४२

एन्ड्रोइड र आइओएस एपमा डार्क मोड फिचर परीक्षण गर्दैं फेसबुक

काठमाडौं । फेसबुकले मोबाइल एपमा डार्क मोड फिचर परीक्षण गरिरहेको छ । फेसबुकले सार्वजनिक रुपमै एन्ड्रोइड र आईओएस एपमा डार्क मोड परीक्षण गरिरहेको जनाइएको छ ।

फेसबुकले सार्वजनिक रुपमा परीक्षण गरिरहेको यो फिचर अहिले धेरै प्रयोगकर्ताले पाएको जानकारी गराएका छन् । यो फिचर पाउने प्रयोगकर्ताहरुले सेटिङ्ग र प्राइभेसीको विकल्पमा डार्क मोडको सेवा पाएका छन् ।

यसलाई त्यहीँबाट अन वा अफ गर्न सकिन्छ । मार्च देखि नै फेसबुकले वेब भर्सनमा डार्क मोडको सुविधा प्रदान गरिरहेको छ । मेसेन्जरमा पनि २०१९ देखि नै यो फिचर रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *