सामसङ ग्यालेक्सी नोट २० बुकिङ खुल्ला

भक्तपुर न्यूज

२८ साउन २०७७ ७:०६

सामसङ ग्यालेक्सी नोट २० बुकिङ खुल्ला

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्राको प्रि बुकिङ खुल्ला गरेको छ । सामसङ नेपालले अफर सहित प्रि बुकिङ खुल्ला गरेको हो ।

ग्यालेक्सी नोट २० को मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ रहेको छ । भने ग्यालेक्सी नोट २० अल्ट्राको मूल्य १ लाख ३९ हजार ९९९ रुपैयाँ रहेको छ । प्रि बुकिङ साउन २८ गतेदेखि भदौ १२ गतेसम्म मात्र खुल्ला रहने छ ।

यी मोबाइल फोन प्रि अर्डर गर्दा टुटफुटमा एकवर्षको इन्स्योरेन्स उपलब्ध रहेको कम्पनीले बताएको छ । साथै प्रि अर्डर गर्दा सामसङले गिफ्ट तथा छुट समेत प्रदान गर्ने जनाएको छ । यी फोन किस्तामा पनि खरिद गर्न सकिने छ ।

प्रकाशित मितिः २०७७ साउन २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय