भूकम्प प्रभावित ४ जिल्लामा थप २ महिनासम्म निशूल्क इन्टरनेट सेवा

भक्तपुर न्यूज

३ असार २०७७ ७:२०

भूकम्प प्रभावित ४ जिल्लामा थप २ महिनासम्म निशूल्क इन्टरनेट सेवा

काठमाडौँ । नेपाल टेलिकमले भूकम्प प्रभावित ४ जिल्ला नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा थप दुई महिनासम्म निशूल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७४ बैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौता अनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गर्नु पर्ने थियो ।

उक्त स्थानहरुलाई नेपाल सरकारले कोभिड १९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा ति स्थानहरुमा २०७६ चैत्र २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुनेगरी पुनः २ महिना निशूल्क सेवा उपलब्ध गराउने टेलिकमले निर्णय गरेको छ ।

प्रकाशित मितिः २०७७ असार ०३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय