सामसङले फोल्डेबल स्मार्टफोन बजारमा ल्याउँदै
काठमाडौँ । सामसङ कम्पनिले बजारमा अब फोल्डेबल स्मार्टफोन ल्याउने भएको छ । पहिलो फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी फोल्ड’ सेप्टेम्बरबाट बजारमा बिक्रीका लागि पठाउने भएको हो ।
कम्पनीले यो स्मार्टफोन यो वर्षको शुरूमा ल्याउने भनेपनि ढिला भएको जनाउँदै सेप्टेम्बरमा बिक्रीका लागि खुला गर्ने बिहीबार जनाएको छ । अप्रिलमा ल्याउने भनिएको सो फोल्डेबल स्मार्टफोनमा केही खराबी देखा परेपछि यसलाई ढिला गरी बजामा ल्याउन लागिएको कम्पनीले बताएको छ ।
अमेरिकी बजारमा सामसङको ‘ग्यालेक्सी फोल्ड’ले बजार तताउने अपेक्षा गरिएको छ । कम्पनीले यहि वर्ष मात्रै यो मोबाइल ३ लाख थान बिक्री गर्ने लक्ष्य लिएको छ ।यसअघि सामसङले यो मोबाइल १० लाख बिक्री गर्ने लक्ष्य लिएको थियो । कम्पनीले वर्षमा ३० करोड मोबाइल औसत उत्पादन गर्ने गरेको छ ।
प्रकाशित मितिः २०७६ साउन १५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५