ओप्पोको बटन बिनाको स्मार्टफोन आउँदै
काठमाडौँ । कुनै बेला तपाईले बोक्ने मोबाइल हातले छोएर होइन बटन दबाएर मात्रै चलाउन सकिन्थ्यो । तर समय वित्दै जाँदा मोबाइलबाट बटमको संख्या घट्दै गयो र मोबाइलमा स्क्रीनबाटनै सबै काम गर्न सकिने भयो । पछिल्लो समय एप्पललगायत सामसुङ तथा चिनियाँ मोबाइल उत्पादन कम्पनीहरुले फुल स्क्रीनका डिजाइनहरु बजारमा ल्याएका छन् ।
तपाईले कल्पना गर्नुभएको, कुनै बेला बटन थिचेर चलाईने मोबाइलमा बटननै हरायो भने के होला रु मोबाइल कसरी चलाउन सकिएला र ? चिनियाँ मोबाइल निमार्ता कम्पनी ओप्पोले सोमबार मात्रै सार्वजनिक गरेको काल्पनीक मोबाइलको डिजाइन यस्तै छ, जहाँ कुनै पनि बटन देखिदैन ।
‘वाटरफल स्क्रीन’ नाम दिइएको उक्त मोडलको मोबाइलमा कुनै पनि बटन राखिएको छैन । त्यतिमात्रै होइन मोबालमा क्यामेरा र स्पिकरको लागि पनि कुनै सानो भाग पनि छोडिएको छैन । मोबाइलको सबै भाग स्क्रीन मात्रै छ ।
ओप्पोले सार्वजनिक गरेको काल्पनीक तस्वीरमा पुरै स्क्रीनमा कुनै पनि अवरोध छैन । फोनको दुबै भागमा पनि कुनै पनि प्रकारको भोलुम वा पावर वटन छैन ।ओप्पोको उक्त फोनमा फ्रन्ट क्यामेराको लागि पनि अन्य कुनै उपाय गरिएको हुन सक्ने बताइएको छ । तर कम्पनीले भने त्यसको विषयमा मौन छ ।
सोमबार ओप्पोका उपाध्यक्ष ब्रायन शेनले फोनको उक्त काल्पनीक तस्वीर सार्वजनिक गरेका थिए ।
तस्वीरमा फोनको स्क्रीन हेर्दा कुनै भाडोमा पानी भरिएर पोखिएको जस्तो देखिन्छ, त्यसैले पनि फोनको नामनै ‘वाटरफल’ राखेको हो। ओप्पोको उक्त फिचर सन् २०१९ को मध्यतिर आउने बताइएको छ।
प्रकाशित मितिः २०७६ साउन १४ मंगलबार