वर्ल्डलिंकको ‘हरेक टिभीमा युटुब’ कार्यक्रम सञ्चालन

भक्तपुर न्यूज

१२ साउन २०७६ ७:२५

वर्ल्डलिंकको ‘हरेक टिभीमा युटुब’ कार्यक्रम सञ्चालन

काठमाडौं । आफ्ना ग्राहकहरुको इच्छा र चाहनालाई ध्यानमा राख्दै वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले ‘अब हरेक टिभीमा युटुब’ नामक एउटा नयाँ प्रोडक्ट अफर सार्वजनिक गरेको छ । हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा युटुब हेर्दै आइरहेका छौं र योबिना सायद कसैको दैनिकी चल्दैन होला ।

पूर्णअनुभव प्राप्ति र सजिलोको लागि हामी सबैलाई युटुब हामीसँग भएको कुनैपनि टिभीको ठूलो पर्दामा हेर्ने इच्छा हुन्छ र ग्राहकको यो इच्छालाई ध्यानमा राख्दै नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले ‘अब हरेक टिभीमा युटुब’ नामक अफर ल्याएको छ।

यस सेवाअन्तर्गत वर्ल्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टिभीमार्फत् नै साथीभाइ वा सपरिवारसँग युटुबको भरपूर फाइदा प्राप्त गर्न सक्नेछन् । यो सुबिधा स्र्माट टिभीमा मात्र नभई नन स्मार्ट वा सिआरटी टिभीमा पनि उपलब्ध छ । हाल नेटटिभीले आफ्ना ग्राहकवर्गहरुका लागि ८० भन्दा बढी एच डी च्यानलहरुसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आफूलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झटबिनानै यूट्युबमार्फत हेर्न सक्नेछन् । यो सुबिधा प्रयोगकर्ताहरुले यूट्यूब स्क्रीनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् । साथै नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुने कुरा वर्ल्डलिंक विराटनगरका शाखा प्रमुख प्रेमप्रसाद घिमिरेले बताउँछन् ।

प्रमुख घिमिरका अनुसार नेपालभर रहेका वल्र्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध छ । पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वल्र्डलिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सकिने वर्ल्डलिंक विराटनगरका फाइबर नेटवर्क इन्चार्ज केशवकुमार दास बताउँछन् ।

प्रकाशित मितिः २०७६ साउन १२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *