ह्वाट्सएप सपोर्ट बन्द भएसँगै कम्पनीले त्यस्ता डिभाइसमा कुनै अपडेट वा बग फिक्स उपलब्ध गराउने छैन । हालै ह्वाट्सएपले केही अपरेटिंग सिस्टमका लागि सपोर्ट बन्द गर्ने घोषणा गरेको छ । अब ह्वाट्सएप नचल्ने अपरेटिंग सिस्टम यी हुन
· एन्ड्रोइड २.३.७: सन् २०२० को फेब्रुअरी १ देखि एन्ड्रोइडको २.३.७ संस्करणको अपरेटिंग सिस्टम भएका स्मार्टफोनमा पनि ह्वाट्सएप चल्ने छैन ।
· आइओएस सेभेन: एप्पलको आइओएस सेभेनमा चल्ने आइफोनहरुमा पनि सन् २०२० को फेब्रुअरी देखि ह्वाट्सएप सपोर्ट प्राप्त हुनेछैन ।
· एन्ड्रोइड २.३.३ : एन्ड्रोइडको २.३.३ मा चल्ने स्मार्टफोनमा पनि २०२० देखि ह्वाट्सएपको सपोर्ट बन्द हुनेछ ।
एजेन्सीको सहयोगमा
प्रकाशित मिति : २०७६ वैशाख ३० गते