सेवाग्राहीको गुनासो सुन्न टोल फ्री नम्बर राख्दै वर्ल्डलिंक
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले ग्राहकको गुनासो सुन्न टोल फ्री नम्बर राख्ने भएको छ ।
कम्पनीले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दिलिप अग्रवालले टोल फ्री नम्बर राख्न लागेको जानकारी दिएका हुन् ।
टोल फ्री नम्बरको लागि नेपाल टेलिकमबाट नम्बर लिन प्रक्रिया अगाडी बढेको उनले बताए । केही समय अगाडी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टोल फ्री नम्बर राख्न निर्देशन दिएको थियो ।
प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
