‘रेडमी नाइन सी’ नेपाली बजारमा सार्वजनिक , के छन् फिचर्स

भक्तपुर न्यूज

२५ भदौ २०७७ ९:४१

‘रेडमी नाइन सी’ नेपाली बजारमा सार्वजनिक , के छन् फिचर्स

काठमाडौं । शाओमीले रेडमी नाइन सी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। बजेट सेग्मेन्टको यो स्मार्टफोन आजदेखि नेपाली बजारमा सार्वजनिक भएको हो। ६.५३ इन्च डट ड्रप डिस्प्ले भएको यो फोन ब्याट्री क्षमताका हिसाबले प्रयोगकर्ताले उत्कृष्ट अनुभव गर्ने कम्पनीको विश्वास छ। यसको ब्याट्री क्षमता ५००० एमएएच क्षमता रहेको छ।

मिडियाटेक हेलियो जी ३५, अक्टा कोर गेमिंग चिपसेट भएको यसमा तीनओटा क्यामेरा सेटिङ रहेको छ। १३ मेगापिक्सेल सेन्सरको प्राइमेरी क्यामेरा भएको यो फोनमा २ मेगापिक्सेलको डेप्थ सेन्सर, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश रहेको छ। सेल्फी क्यामेरा ५ एमपी सेन्सरको छ।

यो मोडलका फोन सनराइज ओरेन्ज, ट्वीलाइट ब्लु र मिडनाइट ग्रेमा रंगमा उपलब्ध हुने छन्। २जीबी र्‍याम र ३२जीबी स्टोरेज भएको यो फोनको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ। त्यस्तै ३ जीबी र्‍याम र ६४ जीबी स्टोरेज क्षमताको फोनको मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको छ।

यो फोन स्टोरहरु तथा अनलाइन प्ल्याटफर्ममा पाइने शा‌ओमीले जानकारी दिएको छ।

प्रकाशित मितिः २०७७ भदौ २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *