माइक्रोसफ्टले एन्ड्रोइड फोन ल्याउँदै

भक्तपुर न्यूज

२९ साउन २०७७ ६:३३

माइक्रोसफ्टले एन्ड्रोइड फोन ल्याउँदै

काठमाडौं । माइक्रोसफ्टले एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने स्मार्टफोन ल्याउने मिति घोषणा गरेको छ। कम्पनीले सेप्टेम्बर १० मा सार्वजनिक गर्ने घोषणा गरेको हो।

सर्फेस डियो नाम दिइएको यो फोनको मूल्य १ हजार ३९९ अमेरिकी डलर हुने बताइएको छ। दुईओटा स्क्रिन हुने यो फोन ट्याबेट जस्तो हुने छ। यसको डिस्प्ले ८.१ इन्चको हुने बताइएको छ। फोल्ड गर्नमिल्ने यो फोनमा एउटामात्र क्यामेरा हुने र यसले फोर के भिडियो रेकर्ड गर्ने कम्पनीको ब्लगमा उल्लेख गरिएको छ।

यसअघि माइक्रोसफ्टले आफ्नै अपरेटिङ सिस्टमम नोकिया किनेर लुमिया लगायतका मोडलहरु ल्याएको थियो। बजारमा असफल भएपछि त्यसको उतपादन बन्द गरेको कम्पनीले उच्च मूल्य रेन्जमा फेरि स्मार्टफोन ल्याउन लागेको हो।

कम्पनीले यो फोनलाई प्रडक्टभिडी डिभाइसका रुपमा प्रस्तुत गर्न लागेको छ। पर्सनल कम्प्युटरको जस्तै काम गर्ने बताइएको यो फोनले उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।एजेन्सी

प्रकाशित मितिः २०७७ साउन २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *