यी जिल्लामा उपलब्ध छ एनसेलको वायर फ्री वाईफाई
काठमाडौं । एनसेल आजीयाटा लिमिटेडले मंगलबारदेखि नेपालमै पहिलो पटक वायर फ्री वाईफाई सुविधा दिन सुरु गरेको छ । यस अघिको एनसेल प्रालिबाट नाम परिवर्तन गर्दै एनसेल आजीयाटा प्राली रहन गएको कम्पनीले पहिलो उपहारको रुपमा यो सेवा सुरु गरिएको जनाएको छ ।
भ्वाइस तथा डेटा बण्डलिङको रुपमा कम्पनीले वायर फ्री वाईफाईका लागि विभिन्न प्याकेज समेत सार्वजनिक गरेको छ । हाल एनसेलको यो सेवा ४० भन्दा बढी जिल्लामा उपलब्ध रहेको छ ।
| प्रदेश | जिल्ला |
| १ | इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ |
| २ | महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, बारा, सप्तरी, सिराहा |
| बाग्मती | रामेछाप, दोलखा, सिन्धुली, मकवानपुर, चितवन |
| गण्डकी | तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, गोरखा |
| ५ | पाल्पा, रुपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाची, नवलपरासी, दाङ, प्युठान |
| कर्णाली | रोल्पा, सल्यान |
| सुदूरपश्चिम | कैलाली, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला |
प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
