४८ मेगापिक्सल क्यामरासहित सामसुङ ग्यालेक्सी ए२१एस फोन बजारमा

भक्तपुर न्यूज

३१ असार २०७७ १०:३०

४८ मेगापिक्सल क्यामरासहित सामसुङ ग्यालेक्सी ए२१एस फोन बजारमा

काठमाडौं । सामसुङले सबैभन्दा सुलभदरमा ग्यालेक्सी ए स्मार्टफोनअन्तर्गत ग्यालेक्सी ए२१ एस नेपाली बजारमा ल्याएको छ। यो फोनमा ४८ मेगापिक्सलको क्वाड क्यामेरा रहेको छ‚ जसले मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्ने सामर्थ्य राख्दछ। यसमा भएको इन्फिनिटी–ओ डिसप्लेले आकर्षक दृश्यावलोकनको अनुभव दिने दाबी कम्पनीले गरेको छ।

ग्यालेक्सी ए२१ए को साथ ए सिरिज लाइनबाट ‘वेष्ट अफ एभ्रिथिङ’को रुपमा ल्याएका कम्पनीको भनाइ छ। ४८ मेगापिक्सल क्वाड क्यामेरा, मनमोहक एचडी, इन्फिनिटी–ओ डिस्प्ले, लामो अवधि टिक्ने पाँच हजार एमएएच ब्याट्री रहेको छ।

उक्त फोनमा कम्पनीको डिफेन्स–ग्रेड, सामसुङ नक्स सुरक्षाप्लेटफर्म छ‚ जसले ग्राहकको डेटालाई सुरक्षाको सुनिश्चितता प्रदान गर्ने सामसुङ मोबाइल नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए।

ग्यालेक्सी ए२१एस नक्सद्वारा इन्स्कृप्ट गरिएको छ‚ जसले गर्दा गोप्य फाइलहरु, क्रेडिट कार्डका विवरणहरु तथा कारोबार, पासवर्डहरु एवं स्वास्थ्यसम्बन्धी डाटाहरुलाई थप सुरक्षा प्रदान गर्दछ।

यसमा ६४ जिबी इन्टरनल स्टोरेज रहेको छ‚ जसलाई ५१२ जिबीसम्म बढाउन सकिन्छ। साथै थप सुविधा एवं सहजताका लागि सामसुङको सिग्नेचर वानयूआई इन्टरफेसले उपभोक्ताहरूलाई एक हातले चलाउने तथा डार्क मोडको सुविधा छ।

ग्यालेक्सी ए२१एस विभिन्न कालो, सेतो तथा निलो रंगमा उपलब्ध रहेको छ। यो फोन बुधबारबाट देशभरका सामसुङ ब्रान्ड स्टोरहरुमा उपलब्ध भएको छ। यो फोन ४ र ६४ जिबीमा उपलब्ध छ‚ जसको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

प्रकाशित मितिः २०७७ असार ३१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *