अस्ट्रेलिया, युरोप र अमेरिकाको रेमिट्यान्स अब मोबाइल वालेटमै
काठमाडौं । डिजिटल रेमिटेन्समा ख्याति प्राप्त मनि ट्रान्सफर रेमिटलि र ईसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा शुरू भएको छ ।
यो सेवा शुरू भएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले ईसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सकिन्छ । साथै रेमिटलिबाट सिधै ईसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ ।
ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सको साथै एजेन्ट बेस रेमिट्यान्स सेवा मार्फत नेपालमा रेमिट्यान्स कारोबार गर्दै आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै ईसेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स पठाउन सकिने सेवा दिइरहेको छ ।
ईसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले ईसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु मूख्य उद्देश्य रहेको बताए ।
प्रकाशित मितिः २०७७ असार २५ बिहिबार