एप्पलले हटायो चिनियाँ एप स्टोरबाट ४५०० गेमिङ एप
काठमाडौं । एप्पलले चिनियाँ एप स्टोरबाट चिनियाँ ४५०० गेमिङ एप हटाएको छ । चिनियाँ सरकारले आफ्नो इन्टरनेट पोलिसी पालन गर्न दबाब दिएपछि एप्पलले एप स्टोरबाट ४५०० गेमिङ एप हटाएको हो ।
गत हप्ताको दुई दिनमै एप्पलले ३००० भन्दा बढी चिनियाँ गेमिङ एप चीनको एप स्टोर हटाएको थियो । नयाँ नियम अनुसार गेम डेभलपरहरुले चिनियाँ नियमनकर्ताबाट उनीहरुको एप चीनको एप्पल एप स्टोरमा अपलोड गर्नु अघि स्वीकृती लिनु पर्ने हुन्छ ।
चीनले एक वर्षमा १५०० गेमिङ एपलाई मात्रै लाइसेन्स स्वीकृत गर्दछ र यो प्रक्रियालाई ६ महिनादेखि १ वर्ष लाग्छ । एप्पलले जुलाई १ मा १५७१ वटा गेम्स हटाएको छ भने जुलाई २ मा १८०५ र जुलाई ३ मा १२७६ गेमिङ एपलाई एप स्टोरहरूबाट हटाएको छ ।एजेन्सी
प्रकाशित मितिः२०७७ असार २३ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००