अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्धको माग

भक्तपुर न्यूज

२२ असार २०७७ ८:२२

अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्धको माग

काठमाडौं । अस्ट्रेलियामा चिनियाँ भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । टिकटकमा मानिसहरुको व्यक्तिगत डेटाहरुको सुरक्षा नहुने भन्दै यो एपमाथि प्रतिबन्धको लागि आवाज उठेको हो । चिनियाँ कम्पनी बाइटडान्सको यो एप अस्ट्रेलियामा १६ लाखभन्दा धेरै मानिसले प्रयोग गर्छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अहिले अधिकारीहरुले नै मानिसहरुबाट प्रतिबन्ध लगाउनुपर्ने दबावको सामना गरिरहेको एक सांसदले बताएका छन् । यसैबीच सरकारले पनि डेटा सुरक्षाको विषयमा टिकटकसँग सोधपुछ गर्ने बताएको छ । टिकटकले प्रत्यक्षरुपमा डेटाहरु चीन सरकारलाई बुझाउने गरेको आरोप लाग्दै आएको छ । अघिकारीहरुले भने टिकटकले अस्ट्रेलियाको नियम तथा कानुनको पालना गर्ने र अस्ट्रेलियाको डेटाहरुको सुरक्षाको प्रतिबद्धता पनि पालना गर्ने विश्वास व्यक्त गरेका छन् ।

समाचारमा उल्लेख गरिएअनुसार अस्ट्रेलियाको रक्षा बलले पनि यस वर्षको सुरुमा सुरक्षासँग सम्बन्धित कुनै पनि एपको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

भारतले टिकटकलाई डेटा सुरक्षाको कारण देखाउँदै प्रतिबन्धको निर्णय गरेसँगै अस्ट्रेलियामा पनि यो एपको विषयमा प्रतिबन्धको आवाज उठेको हो । कोरोना भाइरसको महामारी शुरु भएपछि चीन र अस्ट्रेलियाको सम्बन्ध पनि चिसिएको छ ।एजेन्सी

प्रकाशित मितिः २०७७ असार २२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *