फेसबुकले खरिद गर्‍यो स्ट्रिट लेभल इमेजरी प्लेटफर्म म्यापिलरी

भक्तपुर न्यूज

७ असार २०७७ ६:५०

फेसबुकले खरिद गर्‍यो स्ट्रिट लेभल इमेजरी प्लेटफर्म म्यापिलरी

काठमाडौँ । फेसबुकले स्वीडेनको म्यापिङ टेक्नोलोजी कम्पनी म्यापिलरी खरिद गरेको छ । गूगल स्ट्रिट भ्युको प्रतिस्पर्धि रहेको म्यापिलरीको स्वामित्व फेसबुकले खरिद गरेको हो ।

सन् २०१३ मा स्वीडेनको माल्मोमा स्थापना भएको कम्पनी म्यापिलरीले लगानीकर्ताबाट अहिलेसम्म २४।५ मिलियन डलर जुटाएको थियो । म्यापिलरीमा एक अर्बभन्दा बढी फोटोहरु समावेश छन् ।

स्ट्रिट लेभल इमेजरी प्लेटफर्म म्यापिलरी आईफोन तथा एन्ड्रोइड दुबै प्लटेफर्ममा उपलब्ध रहेको छ । यसले म्यापीङलाई स्केल र अटोमेट गर्दछ । स्मार्टफोनको प्रयोग गरेर सन् २०१३ देखि म्यापिलरिका प्रयोगकर्ताले फोटोहरु संकलन गर्ने गरेका छन् । एजेन्सी

प्रकाशित मितिः२०७७ असार ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय