डेभलपर कन्फ्रेन्स ‘गुगल ‘आइ ओ’ २० स्थगित

भक्तपुर न्यूज

२१ फागुन २०७६ ९:४६

डेभलपर कन्फ्रेन्स ‘गुगल ‘आइ ओ’ २० स्थगित

काठमाडौं । गुगलले यस वर्ष आयोजना गरेको सबैभन्दा ठूलो डेभलपर कन्फ्रेन्स ‘गुगल आइ ओ 2020’ स्थगित गरेको छ । उक्त डेभलपर कन्फ्रेन्स कोरोना भाइरस फैलिने त्रासले स्थगित गरिएको हो।

डेभलपर कन्फ्रेन्स १२ मे देखि १४ मे सम्म आयोजना गरिएको थियो । गुगल अधिकारीका अनुसार, विश्व स्वास्थ्य संगठनको अपिलपछि  कार्यक्रम रोकिएको हो ।

गुगलले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा गुगलले एन्ड्राइड, गुगल पार्वड हार्डवेयर तथा गुगल म्यापमा आएका नयाँ परिवर्तनहरुको बारेमा जानकारी दिने गरेको छ।

तर यो वर्ष भने गुगलले केही फरक ढंगले कार्यक्रम आयोजना गर्ने बताएको थियो। कार्यक्रममा सहभागी हुन प्रि बुकिङ गरेकाहरुलाई यही मार्च १३ सम्म सबै रकम फिर्ता गरिनेछ ।

यसअघि विश्वकै सबैभन्दा ठूलो मोबाइल शो ‘मोबाइल वल्र्ड कांग्रेस’ एम डब्लु २०२० पनि भाइरसको त्रासले नै स्थगित गरेको थियो। यस बाहेक गुगलले स्यान फ्रेन्सिस्कोमा हुन लागेको क्लाउड नेक्स्ट कार्यक्रम पनि स्थगित गरेका छन् ।

यस्तै भारतमा पनि सियामो र रियल मि ले ब्राण्ड लन्च इभेन्ट स्थगित गरेको छ । माइक्रोसफ्ट सहित कयौं कम्पनीले कोरोना संक्रमणको त्रासले यो कदम चालेको हो ।

एपलले चीनमा रहेको आफ्नो सबै एपल स्टोरहरु केही समयका लागि बन्द गरेका छन् । गुगले पनि चीनमा आफ्नो कार्यलय बन्द गरेको बताइएको छ ।

प्रकाशित मितिः २०७६ फागुन २१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *