हुवावेले ल्याएको गुगल विनाको शक्तिशाली स्मार्टफोन, मार्च २६ मा सार्वजनिक

भक्तपुर न्यूज

१५ फागुन २०७६ ८:२८

हुवावेले ल्याएको गुगल विनाको शक्तिशाली स्मार्टफोन, मार्च २६ मा सार्वजनिक

काठमाडौँ । चिनियाँ कम्पनी हुवावेले आगामी मार्च २६ तारेखमा आफ्नो पि ४० सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

हुवावे टेक्नोलोजिजका सिइओ रिचार्ड यूले सोमबार यस्तो घोषणा गरेका हुन् । उक्त दिन पि४०, पि४० प्रो र सुपथ मूल्यको पि४० लाइट गरी तीनवटा स्मार्टफोन एकसाथ लञ्च गर्ने योजना हुवावेको छ ।

पि४० सिरिजका स्मार्टफोनहरुले हुवावे कम्पनीको इतिहासमा ठूलो अर्थ राख्नेछन् । किनकी यी स्मार्टफोनहरु हुवावेको पि सिरिजको पहिलो त्यस्तो स्मार्टफोन हुनेछन् जसमा गुगलका कुनै पनि एप हुनेछैनन् ।

गुगलमुक्त यी स्मार्टफोनमा जिमेल, युट्युब, गुगल म्याप तथा गुगल प्लेस्टोर लगायतका गुगलका कुनै पनि सेवा उपलब्ध हुने छैनन् ।

उता गुगलले हालै हुवावेका आगामी फोनहरुमा गुगलका कुनै पनि एपहरु डाउनलोड नगर्न चेतावनी जारी गर्दै हुवावेका नयाँ डिभाइसमा आफ्ना एपहरुको विश्वसनीयता तथा सुरक्षाको ग्यारेन्टी गर्न नसकिने बताएको छ ।

हुवावेले ल्याउने तीनवटा यी नयाँ स्मार्टफोन मध्ये पि४० प्रो सबैभन्दा शक्तिशाली हुनेछ । त्यसमा पाँचवटासम्म क्यामरा हुनेछन् । ती क्यामरा मध्ये मूख्य क्यामरा ६४ मेगापिक्सेलको हुनेछ ।

त्यस्तै स्मार्टफोनको ओएलइडी डिस्प्ले ६.७ इन्चको हुने बताइएको छ भने मूल्य १ हजार युरोभन्दा माथि हुनेछ । एजेन्सी

प्रकाशित मितिः बिहीबार, फागुन १५


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *