एनसेलद्वारा मासिक र साप्ताहिक विजेताहरुलाई नगद पुरस्कार
काठमाडौं । एनसेलले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत् मासिक र साप्ताहिक विजेता ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । योजनामा इलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले जनही १० लाख रुपैयाँ जितेका छन् ।
एनसेलले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत् एनसेलले यो योजना मंसिर १, २०७६ देखि तीन महिना सञ्चालन गरेको थियो । राई यस योजनाअन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता हुन् । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाएका थिए ।
योजनाअनुसार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकलाई जनही २ लाख रुपयाँ पुरस्कार प्रदान गरियो । योजनाको ११औं सातामा कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख जिते भने १२औं साताको विजेता बाराका अरमान देवान भए ।
कलाकार जितु नेपाल र सन्ध्या केसीले बिहीबार एक कार्यक्रममाझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए । यस योजनाका ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहकमध्ये ३४ जनाले नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी प्रमाणीकरणको प्रक्रियामा छन् ।
प्रकाशित मितिः २०७६ फाल्गुन ०९ शुक्रबार