यी देशका इन्टरनेट छन् सबभन्दा फास्ट, नेपाल कतिऔं स्थानमा ?
काठमाडौं । ताइवान, सिंगापुर र जर्सीमा इन्टरनेटको स्पीड अन्तको भन्दा निकै फास्ट रहेको वेबसाइटटूलटेस्टरका अनुसन्धाताहरूले पत्ता लगाएका छन् । नेपाल यस सूचीमा १२८औं स्थानमा छ । बेलायत ३३औं अनि अमेरिका १५औं स्थानमा छन् । यमन सबभन्दा अन्तिम २०७औं स्थानमा छ ।
भारत ७४औं स्थानमा छ भने चीन १५२औं स्थानमा छ । शीर्ष स्थानमा रहेको ताइवानमा डाउनलोड स्पीड ८५ मेगाबिट्स प्रतिसेकेन्ड छ । त्यति स्पीडमा एचडी क्वालिटीको फिल्म डाउनलोड गर्न जम्मा आठ सेकेन्ड लाग्छ ।
अनुसन्धाताहरूले अन्लाइन स्पीड टेस्टमार्फत इन्टरनेट प्रयोगकर्ताहरूले बुझाएको डेटा अध्ययन गरेका थिए र त्यसै आधारमा वैश्विक सूची बनाएका थिए ।
सन् २०१७ मा विश्वको औति इन्टरनेट स्पीड ९ एमबीपीएस थियो भने सन् २०१९ मा ११ एमबीपीएसभन्दा अलिक माथि छ । संरचनामा सुधार आएकाले स्पीड बढेको अनुसन्धाताहरूको भनाइ छ ।
फास्ट इन्टरनेट भएका शीर्ष दश देश :
ताइवान
सिंगापुर
जर्सी
स्विडेन
डेनमार्क
जापान
लक्जेम्बर्ग
नेदरल्यान्ड्स
स्विट्जरल्यान्ड
नर्वे
प्रकाशित मितिः २०७६ फाल्गुन ०९ शुक्रबार