‘लग्जेइर’को स्मार्ट फ्यान बजारमा , आवाजबाटै नियन्त्रण गर्न सकिने !

भक्तपुर न्यूज

५ फागुन २०७६ ७:१३

‘लग्जेइर’को स्मार्ट फ्यान बजारमा , आवाजबाटै नियन्त्रण गर्न सकिने !

काठमाडौं । आवाजबाटै नियन्त्रण गर्न सकिने सिलिङ फ्यान अर्थात पंखा बजारमा आएको छ । लग्जरी पंखा बनाउने भारतीय कम्पनी ‘लग्जेइर’  (Luxaire) ले आफ्नो पहिलो आईओटी कनेक्सन भएको स्मार्ट फ्यान सार्वजनिक गरेको हो । कम्पनीले यस स्मार्ट फ्यानको नाम नाम लग्ज ५१३० राखेको छ ।

यसको मुल्य मात्रै २ लाख रुपैयाँ माथी रहेको छ । यसको मूल्यबाट नै थाहा हुन्छ की यो विशेष किसिमको र परम्परागत सिलिंग फ्यान भन्दा फरक छ ।यस पंखामा १० वर्षको मोटर वारेन्टी रहेको छ । जुन इन्डस्ट्रीमा सबैभन्दा धेरै लामो अवधिको वारेन्टी रहेको कम्पनीको दाबी छ ।

लग्ज ५१३० पंखा उडन ब्लेड डिजाइन, ग्लास र प्रीमियम फिनिशयुक्त छ भने यस पंखामा ४ वटा ब्लेड जडान गरिएको छ ।  यो ह्वाइट मोटरसँगै म्याट ह्वाइट ब्लेड तथा ब्ल्याक मोटर र वालनट कलर ब्लेडमा उपलब्ध रहेको छ ।

यस पंखालाई प्रयोगकर्ताले विज्ज (WiZ) सिस्टमबाट कन्ट्रोल गर्न सक्दछन । अर्थात प्रयोगकर्ताले यसलाई बोलेर कन्ट्रोल गर्न सक्दछन् । यस स्मार्ट पंखाले एलेक्सा, गूगल असिस्टेन्ट र सीरीलाई सर्पोट गर्दछ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले यसलाई आफ्नो रिमोटबाट टिभी कन्ट्रोल गरेझै कन्ट्रोल गर्न सक्दछन् । पंखामा रहेको मोटरपछाडी एलइडी लाइट रहेको छ । जुन २० वाटको वार्म ह्वाइट ३०० के एलइडी लाइटसँगै आउँदछ । यो पंखाले अरु फ्यानको तुलनामा ७० प्रतिशत विद्युत बचाउने कम्पनीको दाबी छ ।

प्रकाशित मितिः २०७६ फागुन ०५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *