अटो एक्स्पो २०२० को रौनक

भक्तपुर न्यूज

२६ माघ २०७६ ११:०६

अटो एक्स्पो २०२० को रौनक

काठमाडौं । भारतमा हरेक दुई वर्षमा हुँदै आएको अटो एक्स्पो २०२० को १५ औं संस्करण जारी छ। फेब्रुअरि ५ देखि भारतको ग्रेटर नोयडामा रहेको एक्स्पो मार्टमा सुरु भएको अटो एक्स्पो १२ फेब्रुअरिसम्म चल्ने छ। स्पेयर पार्टसको प्रदर्शनी भने नयाँदिल्लीस्थित प्रगति मैदानमा जारी छ। सुरुको दिन मिडिया डे र दोस्रो दिन बिजनेस डे भएकोमा ७ तारिखदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको थियो।

‘अटो एक्स्पो– द मोटर शो’ को पछिल्लो संस्करण ‘एक्स्प्लोर द वल्र्ड अफ मोबिलिटी’ थिममा आयोजना गरिएको हो। अटो एक्स्पो सोसाइटी अफ इन्डियन अटो मोबाइल म्यानुफ्याक्चर्स, अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एसोसिएसन अफ इन्डिया र कन्फिडरेसन अफ इन्डियन इन्डष्ट्रीको संयुक्त आयोजनामा भएको हो।

एक्स्पोमा मारुती सुजुकी, टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, किया, रेनो, एमजी, फक्सवागन, स्कोडा, मर्सिडिज, फोर्स मोटर्स, ग्रेटवाल मोटर्स र एफएडब्लू हाइमालगायत चारपांग्रे सवारी छन्। त्यस्तै दुईपांग्रेतर्फ सुजुकी, अप्रिलया, भेस्पा, हिरो इलेक्ट्रिक, ओकिनावा र मोटा गुजलगायतका सवारी प्रदर्शनीमा राखिएका छन्।

यसका साथै एक्स्पोमा अन्य ११ वटा ब्रान्डको समेत सहभागिता छ। एक्स्पोमा कन्सेप्ट कारदेखि नयाँ मोडलका सवारी तथा फेसलिफ्ट मोडलसमेत सार्वजनिक भएका छन्। अटो एक्स्पोको यो संस्करणमा बिएस–६ इन्जिनयुक्त सवारीमात्र सार्वजनिक भएका हुन्। भारत सरकारले यही वर्षको अप्रिल १ देखि बिएस–६ भन्दा तलको प्रदूषण मापदण्ड भएका सवारी दर्तामा रोक लगाउने निर्णय यसअघि नै गरिसकेको छ।

अटो एक्स्पोको आकर्षणको रुपमा कन्सेप्ट कार हुने गरेको छ। यो वर्ष अटो एक्स्पोमा हुन्डाई, रेनो, मारुती सुजुकी, महिन्द्रा, टाटालगायत कम्पनीका कन्सेप्ट कार अवलोकनकर्ताको आकर्षणमा छ।

प्रकाशित मितिः २०७६ माघ २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *