बजाजले पहिलोपटक ल्यायो इलेक्ट्रिक स्कुटर

भक्तपुर न्यूज

१ माघ २०७६ ८:३३

बजाजले पहिलोपटक ल्यायो इलेक्ट्रिक स्कुटर

काठमाडौं । बजाज अटोले सन् २००६ मा उत्पादन बन्द गरेको चेतक स्कुटरलाई १४ वर्षपछि फेरी सार्वजनिक गरेको छ। कम्पनीले चेतकलाई पहिलोपटक इलेक्ट्रिक भर्सनमा भारतीय बजारमा ल्याएको हो।

३ किलोवार्ट आवरको ब्याट्री रहेको चेतकले ५.३६ बिपिएच पावर १६ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले बताएको छ।

यसलाई १ घण्टामा २५ प्रतिशत र ५ घण्टामा फुल चार्ज गर्न सकिन्छ। ६ ओटा रङ्गमा उपलब्ध यस विद्युतीय स्कुटर २ ओटा भेरियन्टमा उपलब्ध छ। यसमा एलइडी हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट र फुल डिजिटल इन्स्टुर्मेन्ट कन्सोल रहेको छ।

इन्स्टुर्मेन्ट कन्सोलमा ब्याट्री रेन्ज र रियल टाइम ब्याट्री इन्डिकेटरसहित अन्य जानकारी समावेश हुनेछ। साथै १२ इन्चको अलोय ह्विल, रिभर्स गियर समेत समावेश गरिएको छ। यसको इको भेरियन्टले ९५ किलोमिटर, स्पोर्टमा भेरियन्टले ८५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

कम्पनीले भारतमा यसको मूल्य ड्रम ब्रेक वाला चेतकको १ लाख , डिस्क ब्रेकको १ लाख १५ हजार भारु निर्धारण गरेको छ। सन् १९७२ मा पहिलोपटक चेतक सार्वजनिक भएको थियो।

प्रकाशित मितिः २०७६ माघ ०१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *