वीरगञ्जमा क्यान इन्फोटेक मेला–२०२० आयोजना हुने

भक्तपुर न्यूज

२८ पुष २०७६ ८:१५

वीरगञ्जमा क्यान इन्फोटेक मेला–२०२० आयोजना हुने

वीरगञ्ज । वीरगञ्जमा आउँदो माघ ९ गतेदेखि ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक मेला–२०२० आयोजना हुने भएको छ । प्रदेश स्तरीय दोस्रो संस्करणको मेला १३ गतेसम्म सञ्चालन हुने कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साले बताएको छ ।

क्यान पर्साद्वारा आइतवर वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिबारे चेतना बढाउन र उपायोगको प्रवृत्ति विकासका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिइयो ।  मेलाले स्थानीय उद्योग तथा उद्यमीहरूको आवश्यकता पहिचान र प्रविधिको आपूर्तिमा सहयोग पुर्‍याउने क्यान पर्साका अध्यक्ष दीपक साहले बताए ।

क्यान महासंघ प्रदेश २ र पर्सा जिल्ला समितिको संयुक्त  आयोजनामा मेला आयोजना लागिएको हो । मेला वीरगञ्जको नगरसभा गृहमा सञ्चालन गरिने छ ।  मेलामा आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, ई–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, र रोजगार केन्द्र मुख्य आकर्षणको रुपमा रहने अध्यक्ष साहले बताए ।

प्रर्दशनीमा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका कम्पनी सहभागी हुने आयोजकले बताएको छ ।  मेलामा ६० भन्दा बढी स्टल राखिने भएको र ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको क्यान पर्साका सदस्य आशु सर्राफले जानकारी दिए ।

प्रकाशित मितिः २०७६ पौष २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *