विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन लञ्च

भक्तपुर न्यूज

२८ पुष २०७६ ७:२३

विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन लञ्च

काठमाडौं । जिनी मोबाइल्सले विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन शुक्रबार लञ्च गरेको छ। कम्पनीले ‘जान्को टाइनी टी २’ मोडलको स्मार्टफोन लञ्च गरेको हो। यो जान्को टाइनी टी १ को अपग्रेडटेड भर्जन हो।

विश्वलाई नै चकित बनाएको यो फोन २.४ इञ्च लम्बाइ, १.८ इञ्च चौडाइ र ०.६५ इञ्च मोटाइ छ। अत्यन्तै सानो उक्त फोनमा क्यामेरासहित अन्य १४ फिचर्स पनि राखिएको छ।

मोबाइल कम्पनीको आधिकारिक वेबसाइटबाट फोन बुक गर्न सकिने कम्पनीले जनाएको छ। फोन अमेरिकाबाट लञ्च गरिएको हो।फोनबाट राम्रो फोटोग्राफी तथा भिडिओ खिच्न सकिने कम्पनीको दाबी छ।

मोबाइलमा फन्ट तथा रियल क्यामेरा राखिएको छ। यस्तै, एफएम रेडियो, अर्लाम, क्यालेन्डर, एमपिथ्री लगायतका फिचर पनि फोनमा छन्। यसमा बोलेरै म्यासेज टाइप गर्न सकिने फिचर पनि समावेश गरिएको छ।

उक्त फोनमा ३२ जिबीको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ। यसले गर्दा खिचिएको फोटो तथा भिडिओ सजिलै एसडी कार्डबाट अर्को फोनमा सार्न सकिन्छ।मोबाइल एक पटक चार्ज गरेपछि ७ दिनसम्म चल्ने कम्पनीको दाबी छ।

प्रकाशित मितिः २०७६ पौष २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *